नेपालमा आज थपिए ६३ कोरोना संक्रमित

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ५०


काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो।

आज थपिएका सँगै देशभर १ हजार ४ जना सक्रिय संक्रमित रहेका छन्।

आज १०३ जना संक्रमण मुक्त भएका छन्। आज कसैको मृत्‍यु भएको छैन।


प्रतिक्रिया दिनुहोस्