‘रुसले दाबी गरेको युक्रेनको चार भूभागलाई बेलायतले कहिल्यै स्वीकार गर्दैन’

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ३ : ४८


काठमाडौं। प्रधानमन्त्री लिज ट्रसले शुक्रबार भ्लादिमिर पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको आरोप लगाउनु भएको छ।

रुसले युक्रेनी कब्जामा रहेका चारवटा भूभाग औपचारिक रूपमा गाभ्ने तयारी गरिरहेको यस अवस्थामा ट्रसले सो कुरा बताउनु भएको छ।

ट्रसले रुसी नेताको ‘प्रतिनिधित्व भएको दाबी गर्ने युक्रेनी जनताको जीवनप्रति स्पष्ट बेवास्ता गरेको’ भन्दै आलोचना गर्नुभएको छ।

‘बेलायतले ती मानिसहरुको सार्वभौम इच्छालाई कहिल्यै बेवास्ता गर्दैन र हामी डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रहरुलाई युक्रेनी क्षेत्र बाहेक अरू कुनै कुराको रूपमा स्वीकार गर्दैनौं,’ उहाँँले थप जानकारी दिनु भएको छ।


प्रतिक्रिया दिनुहोस्