जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १ : १८


दाङ । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका(१३ रानिपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्