गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १० : २७


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ गोठाटारमा लाल मोहम्मदको गोली हानेर हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पर्साको वीरगन्जलगायत स्थानबाट २ पुरुष र एक महिलालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । उनीहरुको परिचय गोप्य राखिएको छ । आरोपीहरु पक्राउबारे जानकारी दिन जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ ।

असोज ३ गते सोमबार साँझ मोहम्मदकै घर अगाडिको बीच सडकमा गोली प्रहार भएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । मोहम्मद गोठाटारमा गार्मेन्ट व्यवसाय गरिरहेका थिए । उनी २०६४ सालमा हत्या आरोपमा मोहम्मद पक्राउ परेका थिए । यस घटनामा संलग्न भएको आरोपमा उनी १० वर्ष जेल सजाय भोगेर पाँच वर्षअघि छुटेका थिए ।

उनको हत्यामा भारतीय अपराधिक समूहको संलग्नता हुन सक्ने आशंका गरिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्