बिहिबार सेयर बजारमा हरियाली

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : १८


काठमाडौं । दशैं अघिको सेयर बजारमा हरियाली छाएको छ । बिहिबार शेयर बजार परिसूचक नेप्से १६ दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज ६३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार जीवन बीमा समूह बाहेक सबै समूह हरिया देखिएका छन् । जीवन बीमा समूह भने सामान्य ५.६१ अंकले घटेको छ ।

सबैभन्दा धेरै नेपाल इन्सुरेन्स कर्पोरेशनको प्रमोटर शेयर चार करोड ४८ लाख रुपैयाँमा किनबेच भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्