किन नेपालमा तत्काल प्रदर्शनमा आएन ‘इश्क पस्मिना’?

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ३ : २७


काठमाडौं। यति बेला नेपाली चलचित्र ‘पे्रम गीत ३’, बलिउड सुपरस्टारहरुको भूमिका रहेको ‘ब्रम्हास्त्र’ र हलिउड ब्लकबस्टर ‘एभटार’ नेपाल र भारतलगायत अन्य मुलुकमा प्रदर्शनमा आइरहदा अर्को बलिउड चलचित्र ‘इश्क पस्मिना’ भने तत्काल नेपालमा प्रदर्शनमा आएको छैन ।

प्रेम गीत ३ र इश्क पस्मिना चलचित्रको भारतको मुम्बईमा एकै दिन सेप्टेम्बर २२ मा प्रिमियर सो भएको थियो । प्रिमियर सोपछि सेप्टेम्बर २३ बाट पे्रम गीत नेपाल र भारतका चलचित्र हलमा प्रदर्शनमा आइसकेको छ । सेप्टेबर २३ बाटै भारतीय सिनेमा हलहरुमा भने इश्क पस्मिना लागी सकेको छ ।

तर, इश्क पस्मिना चलचित्रलाई निर्माता सुरज सूर्या मिश्रले नेपालमा तत्काल प्रदर्शनमा ल्याएका छैनन् । नेपालमा प्रेम गीत ३ प्रति नेपाली दर्शकको भावनात्मक साईनो भएकाले इश्क पस्मिनालाई सँगै नेपाली हलमा लगाएर प्रतिस्पर्धिको रुपमा आफूले उतार्न नचाएको निर्माता मिश्रले बताएका छन् । नेपाली दर्शकको भवनालाई सम्मान गर्दै केही दिनपछि मात्र पे्रम कहानीमा आधारित इश्क पस्मिनालाई नेपाल भित्राउने उनको भनाई छ । नेपालमा इश्क पस्मिना चलचित्रलाई तत्काल प्रदर्शनमा नल्याउनुको एकमात्र कारण यही भएको उनको पष्ट्याई छ ।

बलिवुड फिल्म कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले निर्माण गरेको चलचित्र ‘इश्क पस्मिना’ को टिजर र गीत गत महिना काठमाण्डौमा सार्वजनिक गरिएको थियो ।

No description available.

निर्माता सुरज सुर्या मिश्र, नायक भाविन भानुशाली र नायिका मालती चाहर सहितको टोलीले काठमाण्डौस्थित होटल एम्वासडरमा मिडियाको लागि आयोजित कार्यक्रममा उपस्थित भएर टिजर र गीत सार्वजनिक गरेका थिए । निर्माता मिश्रले नेपाल र भारत नजिकै रहेको बताउँदै व्यवसायीक सम्बन्धलाई अझै भावनात्मक बनाउन आफू नेपाल आएको बताएका थिए ।

नायक भाविन र नायिका मालतीको यो पहिलो फिल्म हो । भाविन भारतको लोकप्रिय टिकटक स्टार हुन् भने मालती भारतीय क्रिकेटर दिपक चाहरकी बहिनी हुन् । चलचित्रको निर्देशन अरबिन्द पाण्डे ले गरेका हुन् ।

‘इश्क पस्मिना’ आजभन्दा दुई दशक अघिको घटनामा अधारित प्रेम कथामा आधारित चलचित्र हो । भारतको सिमलाको प्राकृतिक सैदर्यकाबीच छायंकन भएको यस चलचित्रले करन र ओमिसाको पे्रम कहानीलाई मुख्य आधार बनाएको छ । निर्माता मिश्रका अनुसार चलचित्र इश्क पस्मिनाले ९० को दशकको झल्को दिँदै नवीन प्रेम कथा भनेको छ ।

चलचित्रमा नायक भाविन भानुशालीले करन र नायिका मालती चाहरले ओमिसको भूमिका निभाएका छन् । दृष्टिविहिन करन र उनकी केयर टेकर ओमिसाबीचको प्रेमलाई चलचित्र ‘इश्क पस्मिना’ ले पस्केको छ । कार्यलयमा ह्यारास्मेट भएपछि ओमिसा रेडियोमा बोल्ले जागिर छाड्छिन् र सिम्लाको एक घरमा रहेको दृष्टिविहिन करनको हेरचाहगर्न खोलाइएको विज्ञापन देखेपछि नयाँ कामका लागि निवेदन दिएकी हुन्छन् ।

चलचित्रको संगीत र सिनेमेटोग्राफीलाई सबैभन्दा सबल पक्षको रुपमा हेरिएको छ । चलचित्रका दर्शकले निकै रुचाएको निर्माता मिश्रले बताएका छन् । नेपाली दर्शकमाझ पनि इश्क पस्मिना चलचित्र छिट्टै लिएर आउने उनले बाँचा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्