चाडपर्वका नाममा फुटपाथमा व्यापार गर्न दिइँदैनः महानगर

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १ : १६


काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा लचिलो हुन नसक्ने जनाएको छ।

बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै महानगरले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएको छ।

काठमाडौंको सहरी सुन्दरता बढाउनका लागि फुटपाथ व्यापारलाई रोक लगाउने अडानबाट पछि नहट्ने महानगरको भनाइ छ।

मेयर बालेन साहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने भन्दै यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको स्मरण गराएका हुन्।


प्रतिक्रिया दिनुहोस्