दीगो विकास लक्ष्यमा नेपालको प्रगतिबारे छलफल

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  १ : १६


विश्वव्यापी रूपमा आर्थिक तथा सामाजिक सम्मुनति प्राप्तीका लागि विदीगो कास लक्ष्य निर्धारण भएको ७ वर्ष पुरा भएको छ।

सन् २०१५ मा निर्धारण गरी सन् २०३० सम्ममा विश्वमा नयाँ फड्को मार्ने उद्देश्यले निर्धारण गरिएको लक्ष्यमा नेपालले खासै प्रगति गर्न नसकेको सरोकारवालाहरूले बताएका छन्।

निर्धारण गरिएको लक्ष्यको प्रगति  नेपाल को  कस्तो रह्यो, यसमा केन्द्रित रहेर छलफल भएको छ । दीगो विकास लक्ष्य प्रात्तीका लागि नेपालले के कस्तो प्रगति गरेको छ भन्नेबारे व्यापक छलफल भएको हो।

विश्व व्यापी रूपमा आर्थिक र सामाजिक विकासका लागि दीगो विकास लक्ष्य निर्धारण ७ वर्ष पुरा भएको अवसर भएको एक कार्यक्रमका सहभागीले नेपालले प्रयास गरे पनि धेरै काम गर्न बाँकी रहेको बताएका छन् । गैह्र सरकारी संस्था महासंघको अगुवायीमा भएको नेपालले दीगो विकास लक्ष्यबारे भएको बहसका सहभागीहरूले सो कुरा बताएका हुन्। नेपालको सन्दर्भमा दीगो विकास लक्ष्य पा्रप्तीका लागि स्थानीयकरण कसरी गर्न सकिन्छ भन्नेबारे नेपालले धेरै गर्न बाँकी रहेको सहभागीहरूको धारणा छ।

उक्त कार्यक्रमको सभापतित्व गैह्र सरकारी संस्था महासंघकी उपाध्यक्ष भावना भट्टले गरेकी थिइन्।

कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिसभाको दीगो विकास तथा सुशासन समिति सभापति राजेन्द्र पन्थ थिए । कार्यक्रमको विशेष अतिथिमा राष्ट्रिय योजना आयोगकी सदस्य सलानी सिंह प्रधान, युरोपेली संघ नेपाल प्रतिनिधिमण्डल पूमख नुना डेप्रेज, समाज कल्याण परिषदका कोषाध्यक्ष विनय लामा, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल,राष्ट्रिय योजना कार्यक्रम निर्देशक डा. नारायण पौडेल, युएनडिपीमा कार्यरत बिन्दा मगर, राष्ट्रिय सभा सचिव इन्द्र विलास पौडेललागयतका व्यक्तित्वहरूको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस्