रविन्द्र मिश्र पुरानै ठाँउबाट चुनाव लड्ने, भोलि घोषणा गर्दै उम्मेद्वारी

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ९ : ०१


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रविन्द्र मिश्र काठमाडौं-१ बाट चुनाव लड्ने भएका छन्।

अघिल्लो पटक पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि मिश्रले चुनाव लडेका थिए।

मिश्रले शुक्रबार औपचारिक रुपमा आफ्नो उम्मेदवार घोषणा गर्ने कार्यक्रम तय गरेका छन्।

दिउँसो साढे १२ बजे थापागाउँस्थित बानेश्वर ब्याङक्वेटबाट उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

अघिल्लो पटकको निर्वाचनमा तराजु चिह्नमा चुनाव लडेका मिश्रले १० हजार ११८ मत ल्याएका थिए भने विजयी भएका कांग्रेसका प्रकाशमान सिंहले १० हजार ९३७ मत ल्याएका थिए । राप्रपामा समाहित भएकोले यसपटक भने मिश्र हलो चिह्नमा चुनाव लड्दैछन्।

 


प्रतिक्रिया दिनुहोस्