कस्तो छ शनिबारसम्मको मौसम?

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ८ : २२


हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार मुलुकका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ।

आज दिउँसो प्रदेश १, मधेश र बागमतीका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ।

महाशाखाका अनुसार शुक्रबार पहाडी भू-भागका एक(दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

शनिबार पनि पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्