लोसपा छाडेर चन्दा चौधरी काँग्रेस प्रवेश, आरजु देउवाले लगाइदिइन् टिका

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ५०


काठमाडौं । महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी नेपालकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन्। चौधरीले बुधबार लोसपा परित्याग गरी कांग्रेस प्रवेश गरेकी हुन्।

उनलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी डा आरजु देउवा राणाले टिका लगाएर कांग्रेसमा स्वागत गरिन्।

उनलाई सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनाउने सहमति गरेर कांग्रेसमा प्रवेश गराइएको बताइएको छ।

चौधरी २०७४ सालमा तत्कालीन राजपाबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनेकी थिइन्। उनले राजनीति भने कांग्रेसबाटै सुरु गरेकी थिइन्। मधेश आन्दोलनपछि तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीसँग आबद्ध भएकी थिइन।


प्रतिक्रिया दिनुहोस्