सिसन र श्रृंखलाबीचको सम्बन्धमा ब्रेक लागेकै हो त?

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : ३५


काठमाडौं। पूर्वमिस नेपाल श्रृंखला खतिवडा र चर्चित भ्लगर तथा पोडकास्टर सिसन बानियाँले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेका छन्।

केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एकअर्कालाई अनफलो गरेसँगै उनीहरुबीच ब्रेकअप भएको हो कि भनेर चर्चा सुरु भएको छ।

केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए। श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए।

यसबीचमा सामाजिक संजालमा एकअर्कालाई अनफलो गर्नुले उनीहरुको प्रशंसकले पक्कै केही कुरा बिग्रिएको हो कि भनेर प्रश्न गरिरशेका छन्।


प्रतिक्रिया दिनुहोस्