हिमपहिरोमा हराएकी स्की पर्वतारोही हिलारीको शव फेला

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : २२


मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ।

सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन्।

प्रहरीका अनुसार उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्कन सफल भएका थिए।

हिलारी मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन्। नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन्।

८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ।


प्रतिक्रिया दिनुहोस्