भक्तपुरमा किशोरी बलात्कारको आरोपमा एक पक्राउ

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : १३


काठमाडौं । घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन्।

उनले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्