नेपाली काँग्रेस प्रचण्डीकरणमा गयोः रवीन्द्र मिश्र

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ३ : ०७


काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली काँग्रेस प्रचण्डिकरण भएको आरोप लगाएका छन् ।

बुधबार राप्रपामा प्रवेश तथा एकिकरण कार्यक्रममा बोल्दै उनले काँग्रेस प्रचण्डीकरणमा गएको आरोप लगाएका हुन् ।

काँग्रेसले पिवी र गणेशमानको सिद्धान्त छोडेर अहिले माओवादी केन्द्रको इशारामा चलेको बताए । उनले संधियता र धर्म निरपेक्षताको खारेजीको मुल मुद्धा बनाएर आगामी चुनावमा होमिनु पर्ने बताए । अहिलेका पार्टीहरुमा सबैभन्दा राम्रो पार्टी राप्रपा नै भएको उनले दावी गरे ।


प्रतिक्रिया दिनुहोस्