राप्रपाको वरियतामा लिङदेनपछिको वरिष्ठ उपाध्यक्ष बने रवीन्द्र मिश्र

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  २ : ३६


काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले राप्रपामा वरिष्ठ उपाध्यक्षको दर्जा पाएका छन् ।

दुई समूहबीच बुधबार भएको एकिकरणका क्रममा मिश्रले सो दर्जा पाएका हुन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए ।

मिश्र काठमाडौं १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्