अमेरिकी सहायकमन्त्री एलिजाबेथ काठमाडौंमा

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : ०५


काठमाडौं । अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल आएकी छन् ।

आज बिहान काठमाडौं आइपुगेकी ट्रुडो नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा बिगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ । यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उनको सहभागीता रहने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्