नेतृ झाँक्रीको बसिबियालो: श्रीमान मादलमा,आफू गितारमा

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : ५५


काठमाण्डौँ । नेकपा (एकिकृत समाजवादी)की सचिव तथा पूर्वशहरी विकास मन्त्री राम कुमारी झाँक्री जति राजनीतिमा सक्रिय छिन्, उत्तिकै सामाजिक संजालमा पनि सक्रिय छिन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा आफ्नो गृह जिल्ला गुल्मीबाट प्रत्यक्षतर्फ चुनाव लड्न लागेकी झाँक्रीले मंगलबार सामाजिक संजालबाट आफ्नो रमाइलो भिडिओ सेयर गरेकी छन्। त्यसमा उनले गितार बजाएको देखिन्छ। टिकटक, फेसबुक र ट्विटरमा सक्रिय उनले बसिबियालो भन्दै टिकटकमा श्रीमानले मादल बजाएको र आफूले गितार बजाएको भिडिओ सार्वजनिक गरेकी हुन्।

भिडिओमा दुवैले रोमाञ्टिक पारामा ‘सानी माया हे रमाउने धोको’ भन्ने गीतमा गाउँदै बजाउँदै गरेका छन्। झाँक्रीका श्रीमान् पशुपतिबाबु पुरी नेपाल सरकारको उपसचिव छन्। उनले पनि गज्जबले मादल बजाएको देखिन्छ। टिकटकमा झाँक्रीलाई १३४ हजार बढी मानिसले पछ्याएका छन् भने उनका सबै भिडिओमा ३० लाख बढी भ्यूअर्स देखिन्छ।

झाँक्री मन्त्री बनेको बेलामा श्रीमती मन्त्री र श्रीमान् सचिव भनेर पनि समाचार चर्चामा आएको थियो। झाँक्री कहिले भाषण त कहिले सामाजिक संजालका कारण बढी चर्चामा आइरने पात्र हुन्। श्रोतका अनुसार पछिल्लो समय झाँक्री पार्टीमा त्यति सन्तुष्ट छैनिन् । त्यसै कारण उनी पार्टीका काममा भन्दा पनि बढी घरायसी काममा रमाउने गरेको बताइन्छ।

@rk_didi बसीवियालो❤️ #tiktoknepal🇳🇵 #rkj💕 #foryou ♬ original sound – Ram Kumari Jhakri


प्रतिक्रिया दिनुहोस्