बंगलादेशविरुद्ध चम्किए अञ्जन, पहिलो हाफमै ह्याट्रिक

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ६ : १३


बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा फरवार्ड अञ्जन विष्ट चम्किएपछि नेपालले पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा अन्जनले लगातार ३ गोल गरी ह्याट्रिक पूरा गरेपछि नेपालले फराकिलो अग्रता लिन सफल भएको हो। आफ्नो अन्र्तराष्ट्रि १० गोलको आँकडा पुरा गर्ने क्रममा उनले १८औं, २७औं र ३८औं मिनेटमा गोल गर्न सफल भएका थिए।

१८औं मिनेटमा प्राप्त फ्रिकिकमा विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत् पहिलो गोल गरेका अञ्जनले २७ औं मिनेटमा दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। सुजल श्रेष्ठ हुँदै विशाल राईबाट आएको पासलाई तेज तामाङले गरेको प्रहार गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अन्जनले सहज फिनिस गरे।

३८औं मिनेटमा विशाल राईको फ्रिकिकलाई अन्जनले हेडमार्फत आकर्षक गोल गोल गरी सनसनीपूर्ण खेल देखाए। पहिलो आफमा बंगलादेशले केही आकर्षक मौक पाए पनि सदुपयोग गर्न भने सकेन।


प्रतिक्रिया दिनुहोस्