शेखर पक्षका गतिविधिलाई अनुशासनको दायरामा ल्याउने काँग्रेसको चेतावनी

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ५९


काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र भइरहेका विद्रोही समूहका गतिविधिलाई अनुशासनको दायरामा ल्याउने चेतावनी दिएको छ।

काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले डा.शेखर कोइराला समूहका नेताहरूले गरिरहेको भेला तथा संघर्षका कार्यक्रमहरूलाई नजिकबाट नियालिरहेको बताएका छन्।

मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा.महतले अनुशासनबाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेको र कारबाहीको दायरमा पर्ने बताए।

महतले समानुपातिकको सूची सबै नेताहरू बसेर सर्वसम्मत तयार पारिएको र अहिले होहल्ला मच्चाउनुपर्ने जसरी केही पनि नभएको दावी गरे। उनले पार्टीको अनुशासन र पद्धति सबैले मान्नुपर्ने भन्दै नमाने के गर्ने भन्ने पार्टीको विधि अनुसार हुने बताए।

शेखर समूहले बुधवार केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्