रुसका यी पादरी भन्छन्ः युक्रेनमा मारिएका रूसी सैनिकहरू पापबाट मुक्त हुनेछन्

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ३६


काठमाडौं। रुसको अर्थडक्स चर्चका प्रमुख पादरीले युक्रेनमा मारिएका रूसी सेनाहरु पापबाट मुक्त हुने बताएका छन्।

गत फेब्रुअरी यता रुस र युक्रेनबीचको युद्ध जारी छ। युक्रेनबाट खतरा बढेको बताउँदै रुसले युक्रेनमै घुसेर आक्रमण सुरु गरेको थियो।

सो युद्धमा युक्रेनका भन्दा बढी रुसका सेना मारिएको विभिन्न दस्तावेजहरुले जनाएको छ।

न्युयोर्क टाइम्सको गत महिनाको तथ्यांकअनुसार हालसम्म रुसका २५ हजारभन्दा बढी सेना यो युद्धमा मारिएका छन्। युक्रेनको भने ९ हजार सेना मारिएका छन्।

पादरी प्याट्रिआर्क किरिलले युक्रेनमा मारिएका रुसी सेनाहरुले पुण्यको काम गरेकाले उनीहरु पापबाट मुक्त हुने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस्