सेयर बजारमा १५ अंकको बृद्धि

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ३१


सेयर बजार आज दोहोरो अंकको बढेको छ। पछिल्लो समय लगातार घटिरहेको बजार आज १५.९२ अंकले बढेको छ।

बजार १८३१.०५ बिन्दुमा पुगेर रोकिएको छ। बजार बढेको दिन पनि कारोबार रकम भने बढ्न सकेन।

आज कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको कारोबार भएको छ। कारोबार रकम ६६ करोड ३० लाख १३ हजार भएको छ।

 


प्रतिक्रिया दिनुहोस्