अमेरिकी सहायकमन्त्री भोलि नेपाल आउँदै

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ००


अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधबार नेपाल आउने भएकी छिन्।

नेपालसहित युनाइटेड अरब इमिरेट्स, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणका क्रममा उनी काठमाडौं आउन लागेको अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका पूर्वसहभागीहरूसँग राउन्डटेबल छलफलमा सहभागी हुने कार्यक्रम छ।

उनले गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयमा आयोजित अन्तर्क्रियामा सहभागिता जनाउने कार्यक्रम छ।


प्रतिक्रिया दिनुहोस्