सन्दीप जतिबेला पनि गिरफ्तार हुनसक्ने!

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ११ : ५२


काठमाडौं। नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछाने विदेशबाट जतिबेला पनि गिरफ्तार हुने भएका छन्।

क्रिकेटर लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो अब देशमा सन्दीप भए नभएको खोजी गर्नेछन्।

आफ्नो देशमा रहेको पत्ता लागेमा पक्राउ गरि नेपाल पठाउने प्रक्रिया सुरु हुने छ।

नेपालमा पक्राउ पुर्जी जारी हुँदा विदेशमा रहेका सन्दीप अहिलेसम्म नेपाल नफर्केपछि उनी भागेको हो कि भन्ने आशंका उब्जिएको थियो।

नाबालिगमाथि बलात्कार गरेको आरोपसँगै उनी राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेको अवस्थामा उनले आइतबार मात्र फेसबुकमा आफू निर्दोष भएको र चाँडै नेपाल आउने बताएका थिए।


प्रतिक्रिया दिनुहोस्