सन्दीप पक्राउ गर्न इन्टरपोलको डिफ्युजन नोटिस जारी

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ७ : ४३


बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नियन्त्रणमा लिन डिफ्युजन नोटिस जारी भएको छ।

क्रिकेटर लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो अब देशमा सन्दीप भए नभएको खोजी गर्नेछन्।

आफ्नो देशमा रहेको पत्ता लागेमा पक्राउ गरि नेपाल पठाउने प्रक्रिया सुरु हुने छ।


प्रतिक्रिया दिनुहोस्