रुसी सेना जनमतसंग्रह गराउन युक्रेनी जनताको घरघर पुगेपछि…

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : ३८


काठमाडौं। रुसले आफ्नो नियन्त्रणमा रहेका युक्रेनका चार क्षेत्रमा जनमतसंग्रह सुरु गरिसकेको छ।

ती क्षेत्रहरुलाई रुसमा विलय गराउने उद्देश्यका साथ त्यहाँ जनमतसंग्रहको आयोजना गरिएको हो।

बीबीसीका अनुसार यतिबेला रुसी सैनिकहरू युक्रेनी सेनाको घरघरमा जान थालेका छन्।

युक्रेनी नागरिकका अनुसार स्थानीयले मुखले उत्तर दिएपछि सेनाले आफैं चिन्ह लगाउने गरेका छन्। ‘तपाईँले मुखैले उत्तर दिनुपर्छ र सैनिकहरूले त्यसलाई पानामा चिन्न लगाएर राख्छन्’ एनर्होदरबाट एक महिलाले बीबीसीसँग भनिन्।

दक्षिणी खेर्सनमा भने रुसी सुरक्षाकर्मीहरूले मतपेटिका लिएर सहरको मध्यभागमा मत सङ्कलन गर्न थालेका छन्।

रुसी सरकारी सञ्चारमाध्यमहरूका अनुसार घरदैलो मतदान सुरक्षाका कारण गरिएको हो।

सेप्टेम्बर २३ देखि सेप्टेम्बर २७ सम्म जनमत संग्रह हुनेछन्। रुसी पृथकतावादी रहेका क्षेत्रहरु डोनेट्स्क, लुहान्स्क, दक्षिणी खेरसन तथा जापोरिजिहियामा जनमत संग्रह भइरहेका हुन्।

यी क्षेत्रका मानिसहरु रुसमा समाहित हुन चाहने रुसी अपेक्षा छ। यसरी रुसले युक्रेनको भूभागमा शक्तिको आडमा जनमत संग्रह गर्न खोजेपछि युक्रेन र पश्चिमा राष्ट्रहरुले रुसी कार्यको विरोध जनाएको छ।

रुसका विदेशमन्त्री सर्गी लाभरोभले अब यी चार क्षेत्रका नागरिकहरुले आफ्नो भविष्य आफैंले निर्धारण गर्नसक्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्