एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष एमाले प्रवेश

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ५ : २९


काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।

आइतबार काठमाडौमा एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईसहितको जिल्ला र गाउँपालिकास्तरीय टिम एमालेमा समाहित भएको हो।

नवप्रवेशीलाई एमाले महासचिव शंकर पोखरेल, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णवहादुर थापालगायतले स्वागत गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस्