हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ५८


काठमाडौं। दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ।

एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो।

‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो। दुर्घटनामा सेनाका दुई मेजर दुवै पाइलट सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन्। दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन।

अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्