चालकलाई फूलमाला लगाएर प्रहरीले गर्यो सुरक्षित यात्राको कामना

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : ३०


चालकलाई फूलमाला लगाएर ट्राफिक प्रहरीले सुरक्षित यात्राको कामना गरेको छ।

चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकलाई सोमबार काठमाडौंको नयाँ बसपार्कमा फूलमाला लगाएर सुरक्षित यात्राको कामना गरिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी र सामुदायिक सेवा केन्द्र बसपार्कका पदाधिकारीसहितको टोलीले चालकलाई माला लगाएर सुरक्षित यात्राको कामना गरेको छ।


प्रतिक्रिया दिनुहोस्