रुसको विद्यालयमा गोलाबारी हुँदा ६ जनाको मृत्यु–२० घाइते, बन्दुकधारीद्वारा आत्महत्या

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ३७


काठमाडौं। रुसको एक विद्यालयमा आज सोमबार एक बन्दुकधारीले अन्धाधुन्धा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।

रुसको इजभेस्क शहरको विद्यालयमा गोलाबारी भएको बीबीसीले जनाएको छ। घाइते हुनेमा विद्यार्थी र सुरक्षा गार्ड छन्।

सो विद्यालयमा हजार विद्यार्थी पढ्छन् भने त्यहाँ ८० शिक्षक–शिक्षिकाले अध्यापन गराउँछन्। प्रहरीका अनुसार एक बन्दुकधारीले आत्महत्या गरेका छन्।


प्रतिक्रिया दिनुहोस्