नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय टिकट अनलाइनबाट काट्न सकिने

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : २२


काठमाडौं । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै लिन सकिने बताएको छ।

जसको लागि आजदेखि एयरलाइन्सले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिए।

उनका अनुसार सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा ‘अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको हो।

उनले भने,नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने छ।’

नेपाल वायुसेवा निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्