अहिले पनि मलाई प्रधानमन्त्री बन्ने अफर छः प्रचण्ड

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ३ : ११


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गरेका छन्।

चितवनमा आयोजित कार्यक्रममा उनले राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण र आर्थिक समृद्धि आफ्नो प्रतिबद्धता भएको बताए।

‘चाहेको भए ७४ को चुनावपछि ५ वर्ष प्रधानमन्त्री हुने अफर थियो, अहिले पनि । म प्रधानमन्त्रीको रेसमा छैन । राजनीतिक स्थिरता लोकतन्त्र सुदृढीकरण आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो फैसला तपाईँहरूको हातमा छ । शान्ति प्रक्रियामा गिरिजासँग सम्झौता गर्दै गर्दा मैले जनताको फैसला मान्छु भनेर गरेको हुँ ।’


प्रतिक्रिया दिनुहोस्