मनास्लु आधार शिविरमा हिमपहिरो

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ५७


काठमाडौं । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो गएको छ । हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको बताईएको छ ।

प्रहरी घटनास्थलमा गइरहेको र हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर पुगेको छ ।

पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।

 

 


प्रतिक्रिया दिनुहोस्