चोलेन्द्रको पक्षमा खुले शेखर, महाअभियोग निष्क्रिय भएको दाबी

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  २ : ३४


काठमाडौं । सत्ताधारी दल नेपाली कांग्रेस सहितको गठबन्धनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर चोलेन्द्र शमशेर जबरालाई नजरबन्दमा राखेको भन्दै आलोचना भइरहेको छ।

काँग्रेसकै नेता डा.शेखर कोइराला भने राणाको पक्षमा खुलेका छन्। मोरङमा भएको एक कार्यक्रममा उनले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप बताए।

महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस्