प्रेमगीत ३ को ओपनिङ व्यापारः नेपालमा २ करोड र भारतमा डेढ करोड कमायो

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ५७


काठमाडौं। नेपाली दर्शकले बेग्र रुपमा प्रतिक्षा गरेको चलचित्र ‘प्रेमगीत ३’ले नेपाली बक्सअफिसमा सुरुवातमै राम्रो व्यापार गरेको छ।

देशका डेढसय पर्दाबाट रिलिज भएको फिल्मले हिजो शुक्रबार दुई करोड रुपैयाँ ग्रस हारहारीमा कमाइ गरेको बताइएको छ।

‘प्रेमगीत ३’को ओपनिङ ‘कबड्डी ४’पछिको दोस्रो उच्च ओपनिङ हो। ‘कबड्डी ४’ले पहिलो दिन २ करोड ९० लाख ग्रस ओपनिङ गरेको थियो।

‘प्रेमगीत ३’को ओपनिङ अहिलेसम्मकै दोस्रो सर्वाधिक उच्च ओपनिङ भएको वितरकहरुले जनाएका छन्।

‘प्रेमगीत ३’को चलचित्र भारतमा पनि रिलिज भएको छ। हिन्दी संस्करणले भारतीय बक्सअफिसमा ९२ लाख भारु नेट कलेक्सननेपाली झन्डै डेढकरोड रुपैयाँ ओपनिङ गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्