हेटौंडामा पौडी खेल्दा खोलामा डुबेर ३ जनाको मृत्यु

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ३२


मकवानपुर । हेटौंडाको कर्रा खोलामा पौडी खेल्दा डुबेका ३ जना मृत फेला परेका छन्।

डुबेर मृत्यु हुनेमा हेटौंडा १५ फारलाइनका १७ वर्षीय साहिल लामा, १२ वर्षीय कारसाङ जिम्बा र १३ वर्षीय सजीव मोक्तान रहेको प्रहरीले जनाएको छ।

शुक्रबार साँझ बेपत्ता भएका उनीहरूको खोजीको क्रममा कर्रा खोलाको नागदहनजिकै शव फेला परेको हो।

बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्दा तीनै जनाको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ।

शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका-७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्न गएका ४ जना बालकमध्ये ३ जना बेपत्ता भएका थिए।


प्रतिक्रिया दिनुहोस्