बजाज ग्रान्ड एक्स्चेन्ज फेस्ट हुने

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ३३


काठमाडाैं । बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म हुनेछ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा रु. ७ हजार थप मूल्य पनि पाउन सकिनेछ ।

सरल किस्ताबन्दी र न्युनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरूले ७ हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेहरू जित्न सक्नेछन् ।

यस एक्स्चेन्ज योजनाअन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन् र टेस्ट राइडमा सहभागी उपभोक्ताहरूले पनि आकर्षक उपहारहरू जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरूले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् ।

असोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्