मंसिर ४ मा ओली र देउवाको नाममा जनमत संग्रह गरौंः शंकर पोखरेल

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : २४


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने निर्वाचनको दिन २ पार्टीका नेताहरुको नाममा जनमत संग्रह गर्न आग्रह गरेका छन्।

काठमाडौंमा भएको कार्यक्रममा महासचिव पोखरेलले पाँच दलीय गठबन्धनसँग देश बनाउने सामर्थ्य नरहेको बताए।

उनले आफ्नो दलले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको समेत बताए।

नेता पोखरेलले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादु्र देउवा हो भन्दै प्रश्न गरे? ‘पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा हो भने मंसिर ४ गते हुने निर्वाचनमा केपी ओली र शेरबहादुर देउवाबीच जनमत संग्रह गरौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस्