दोस्रो सन्तानका पिता बने अभिनेता दयाहाङ राई

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : २१


काठमाडौं। नेपालका चर्चित कलाकार दयाहाङ राईलाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ।

उनकी श्रीमति बेनुकाले शुक्रबार दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।

दोस्रो सन्तानलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै दयाहाङले अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको बताएका छन्।

धेरै चर्चित चलचित्रमा काम गरिसकेका राईलाई कबड्डी चलचित्रको पात्र काजीको रुपमा सबैभन्दा बढी चिन्ने गरिन्छ।


प्रतिक्रिया दिनुहोस्