एफ–१६ लडाकु विमानसँग सम्बन्धित सम्झौतामा अमेरिका र पाकिस्तानको हस्ताक्षर, भारत रुष्ट

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ३ : २८


काठमाडौं। अमेरिका र पाकिस्तानबीच एफ–१६ लडाकु विमानसँग सम्बन्धित एक सम्झौतामा हस्ताक्षर भएपछि भारतले आपत्ति जनाएको छ।

द हिन्दुका अनुसार अमेरिकी उच्च अधिकारी डोनाल्ड लुले भारत भ्रमण गरेका बेला भारतले लुसँग सो विषयमा आपत्ति जनाएको थियो।

यसबीचमा अमेरिकाले पुनः भारतलाई यस विषयमा जवाफ दिएको छ। अमेरिकाका अनुसार भारतसँग पहिल्यै धेरै छलफल भएपछि मात्र अमेरिकाले पाकिस्तानसँग उक्त सम्झौता गरेको हो।

भारत र पाकिस्तानबीच दशकौंयता सीमा क्षेत्रमा टकराव जारी छ। विशेषगरी यी दुईबीचका सेना जम्मु कस्मिर वरपर आमनेसामने भइरहन्छन्।

अमेरिकासँग राम्रो सम्बन्ध भएको भारतले पाकिस्तानलाई शक्तिशाली हतियार दिन नहुने धारणा राख्दै आएको छ।

अंग्रेजी अखबार हिन्दुले दिएको जानकारी अनुसार अमेरिका र पाकिस्तानबीच भएको रक्षा सम्झौताका कारण अमेरिकाले पाकिस्तानसँग भएका अमेरिकी लडाकु विमानको मर्मत गर्ने भएको हो। यो सम्झौता आतंकवाद र परमाणु सुरक्षासँग सम्बन्धित भएको बताइएको छ।

भारत र रुसबीच राम्रो सम्झौता भएकै कारण अमेरिकाले विरोध स्वरुप पाकिस्तानसँग सम्झौता नगरेको अमेरिकी भनाइ छ।


प्रतिक्रिया दिनुहोस्