कलाकार बुद्धि तामाङले ४० वर्षको उमेरमा गाँसे लगनगाँठो

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १२ : २४


काठमाडौं। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन्।

शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा ४० वर्षे तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन्।

बुद्धि र अनुको मागी विवाह भएको हो। ‘कबड्डी’ फिल्ममा अभिनय गरेपछि चर्चामा आएका बुद्धिको ‘हैट’ थेगोलाई दर्शकले निकै रुचाएका छन्।


प्रतिक्रिया दिनुहोस्