कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा फेला

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ११ : ३७


काठमाडौं । कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय कलाकार महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

बिहीबार सांझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

महोत्राले दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्