नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : २६


काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २६२ जनाको परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ४०५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्