दशैँको छेकोमा रुकुममा आज बस दुर्घटना, तीन जनाको मृत्यु

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : ४७


सुर्खेत। रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन्।

आज बिहीबार दिउँसो साढे २ बजेटको समयमा जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश डाँगीले जानकारी दिए। मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताए।

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्