धादिङको गजुरीमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, राजमार्ग अवरुद्ध

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ४ : २१


काठमाडौं। धादिङको गजुरी गाँउपालिका–१ गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा आर्दश स्कुलमा कक्षा १ मा अध्यानरत स्थानिय दिल बहादुर परियारका छोरा ६ बर्षीय बिजय परियार रहेका छन्।

आज बिहान पौने १० बजे काठमाण्डौबाट गोरखा जाँदै गरेको ग १ ख ४५ ६५ नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो।

दुर्घटनाको बिषयलाई लिएर स्थानिय र स्कुलका बिद्यार्थीहरुले उक्त राजमार्ग अवरुद्ध गरेका छन्।

अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । बस चालकलाई भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्