भक्तपुरमा १५ वर्षिया बालिका बलात्कृत, ४० वर्षीय व्यक्ति गिरफ्तार

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ३ : ३४


भक्तपुर। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका ३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपालीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्