वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले लगायो डोजर

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  २ : ५४


काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ।

यसैबीच आज महानगरले वीर अस्पताल अगाडिका अवैध टहरा भत्काएको छ।

नक्सा पास नगरी बनाइएका फार्मेसी हटाउन महानगरले आज दिउँसो १ बजेसम्मको अल्टिमेटम दिएको थियो। उक्त समयावधिमा पसल र टहरा नहटाइएपछि महानगरले डोजर लगाएर भत्काएको हो।


प्रतिक्रिया दिनुहोस्