बुद्धि तामाङले भोलि बिहे गर्दै

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  २ : २१


काठमाडौं । अभिनेता बुद्धि तामाङले शुक्रबार बिहे गर्ने भएका छन्।

‘हैट’ थेगोले चर्चा कमाएका तामाङले भोलि असोज ७ गते मकवानपुरकी अनु थिङ तामाङसँग तामाङ परम्पराअनुसार लगठगाँठो कस्न लागेका हुन्।

भक्तपुर एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन्।

उनले मागी विवाह गर्न लागेका हुन् ।

तामाङले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन्।

 


प्रतिक्रिया दिनुहोस्