प्रेम गीत-३ को हिन्दी डबलाई पनि नेपाली फिल्मकै मान्यता

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ३५


काठमाडौं । सन्तोष सेनद्वारा निर्मित चलचित्र प्रेम गीत-३ को हिन्दी डब लाई पनि नेपाली फिल्मकै मान्यता दिइएको छ।

सो बिषयमा निर्माता र चलचित्र विकास बोर्डबीच विवाद बढेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो।

छलफलपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। अब ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ।

हिन्दी डबले नेपाली फिल्मकै मान्यता पाएपछि निर्माता सन्तोष सेनले खुशी व्यक्त गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सत्यको हमेशा जीत हुन्छ! हामीलाई बढी बोल्यो भन्नेले समिक्षा गर्र्नु जरुरी छ। हामीलाई भएको अन्याय बिरुद्द आवाज उठाएका हौ। हाम्रो मुद्दा एउटै हो संसारले नेपाली चलचित्र करार गरेको छ । आफ्नो धर्ती मा बनेको चलचित्र लाई देशले किन स्विकार गर्दैन भन्ने हाम्रो चित्त दुखाई थियो। जय नेपाली चलचित्र”


प्रतिक्रिया दिनुहोस्