स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका मियाँ एमाले प्रवेश

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : ४६


काठमाडौं-६ बाट आगामी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश गरेका छन्।

आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित मियाँलाई पार्टीमा प्रवेश गराएका हुन्।

मियाँ यसअघि रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीमा थिए। उनी उक्त पार्टीको युवा संगठनका संयोजकसमेत रहेका थिए।


प्रतिक्रिया दिनुहोस्